ओलीसँग फोनमा बोल्न एक लाखभन्दा बढी व्यक्ति आतुर

0 229

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख बढीले नाम र नम्बर टिपाएका छन्।
ओलीले एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको उनले फेसबुकमार्फत् जानकारी दिए।

‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनु भयो नि?’अध्यक्ष ओलीले लेखेका छन्।

ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।