अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु

0 312

अर्घाखाँची ।
शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो। अरिंगालको टोकाइबाट उनी गम्भीर घाइते भएकी थिइन्। सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।