गुल्मीमा तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्दै

0 273

अनिल खत्री ४ कार्तिक गुल्मी
नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ ।


तिहार पर्वलाई मध्यजनर राखेर गुल्मी सदरमुकाम तम्घास बजारमा फूलको मालाको सट्टामा प्रयोग हुने कृतिम मालाहरु यसवर्ष पनि भित्रिने गरेका छन् । जिल्लाका केहि तहले कृतिम माला निषेध गरे पनि गाउँमा पर्याप्त मात्रामा फूलहरु पनि नभएकाले कृषि फूलका मालाहरु भित्रिएका हुन् । गाउँघरमा प्रशसस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती समेत नगर्नुले पनि कृति मालाहरु प्रयोग बढ्ने क्रम बढदो छ । गुल्मी जिल्लामा केहि ठाउँमा व्यवसायीक रुपमा फूल खेतीको सुरु गरेपनि त्यो पर्याप्त छैन् ।


जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० को सिमीचौरमा बिनोद कुँवरले २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेतीको सुरुवात गर्नु भएको छ ।
गाउँमा फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको छ ।

ad


त्यसको अत्य गर्न जिल्लाका स्थानीय तहले कृतिम फूलका मालाहरुलाई निषेध गर्न र आफैले उत्पादन गरेको मात्रै लगाउन प्रोत्साह गर्न स्थानीयको जोड छ ।
तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु लगाइदिने गर्दछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।