गुल्मीमा तिहारको मुखमा तम्घासका बजार अनुमगन

0 214

सूर्य सुनार ६ कार्तिक गुल्मी
तिहार नजिकिंदै जाँदा गुल्मीका बजारमा चहलपहल बढ्दै गएको छ । बजारमा विषेश गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ । चाडपर्वको मुखैमा बजारमा सरोकारवाला निकायले अनुगमनलाई तीव्रता दिएका हुन् ।

बजार अनुगमनको क्रममा पसलमा साइनबोर्ड नभएको, मूल्यसूची नभएको, बिक्री गर्दा बिल नदिएको, खरिद बिल नभएको, र दर्ता नगरिकन व्यवसाय सञ्चालन गरेको लगायतका त्रृटिहरुमा मात्र भेटिएको अनुगमन टोलीले जनाएको छ ।

तम्घासका विभिन्न दैनिक उपभोग्य वस्तुका पसलमा अनुगमन गरिएको थियो । ती पसलमा म्याद गुज्रिएका वस्तु झन्डै ९ हजार सम्मका खाद्यवस्तु फेला परेका छन् । केही पसलहरु बिना दर्ता सञ्चालन भएको रेसुङ्गा नगरपालिकाका प्रशासन शाखा प्रमुख शेर बहादुर कुवँरले बताए । पसलमा म्याद गुज्रिएका वस्तुलाई जफत गरिएको कुवँरले बताए ।

ad

सरकारले प्रतिबन्ध लगाएको कृत्रिम फूलका मालाहरु बजारमा विक्री नगर्न अनुगमन टोलीले सुझाव दिएको छ । विक्री वितरण गरेको पाइएमा आवश्यक कारबाही गर्ने चेतवानी समेत दिएको छ ।

आइतबार रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय गुल्मी, घरेलु तथा साना उद्योग कार्यालय
उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, पत्रकार लगायतले बजार अनुगमन गरेको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।