मेराे प्रतिस्पर्धा गरिबी र अभावसँग हाे : नेता जिसी

0 294

गुल्मी ।
पाँच दलीय गठबन्धनबाट गुल्मी-२ `ख´ का उम्मेदवार एवम् नेकपा माअाेवादी केन्द्र, गुल्मीका संयाेजक बुद्धि जिसीले आफ्नो प्रतिस्पर्धा गरिबी र अभावसँग रहेकाे बताएका छन् । आइतबार मालिका गाउँपालिकाकाे छापहिलेमा भएकाे चुनावी कार्यक्रममा बाेल्दै नेता जिसीले यस क्षेत्रमा गरिबी, अभाव, अशिक्षा लगायतका बिषयसँग मात्रै आफुले प्रतिस्पर्धा गरिरहेकाे बताए । `धेरैले पूर्व सहयाेद्वाबीच प्रतिस्पर्धा हुँदैछ भन्नुभएको छ, तर अरू कुनै पार्टीकाे उम्मेदवार मेराे प्रतिस्पर्धी नै हाेइनन् ।´ नेता जिसीले भने, `काेही प्रतिस्पर्धी छ भने गरिबी र अभाव हाे, हामी त्यसैकाबिरूद्व जुधिरहेका छाै ।´ निर्वाचित भइसकेपछि आफुहरूले सडक, शिक्षा, स्वास्थ्य, राेजगार लगायतका बिषयमा याेजनाबद्व ढंगले विकास गर्ने बताए । मालिकामा गठबन्धन विजयी भएपछि सडक पिच, ग्राभेल लगायतका थुप्रै याेजना अगाडि बढाएकाे भन्दै नेता जिसीले तिब्र विकासका लागि प्रदेश र संघमा पनि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेकाे बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।