औंशीको अबसरमा रेसुङ्गाको गौशालामा सामुहिक गाईपूजा

0 501

सूर्य सुनार कार्तिक ०८ गुल्मी

गुल्मी जिल्लाको रेसुङ्ग गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईगाइपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गर्दै आएको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईगाइपूजा गरिएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसीको अबसरमा गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ ।

औंशीको अबसरमा जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गर्दछ । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्दछन् ।

ad

हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहि आएको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । गाईको संरक्षणको निम्ति प्रत्येक व्यक्तिबाट प्रतिदिन १ रुपैयाँ उठाउने अभियान पनि सञ्चालन गरिएको रेसुङ्गा संरक्षण समितिका अध्याक्ष सुरेशचन्द्र भुसालले बताउनु भयो । गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने धार्मिक मान्यता रहेको छ । गाईपूजा गरेसँगै देउसी भैलो खेल्ने प्रचलन पनि रहि आएको छ । गौशालालाई व्यवस्थित गर्न स्थानीय सरकारले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले रेसुङ्गा गौशालामा पहिले भन्दा अहिले गाईहरुको व्यवस्थापन राम्रो भएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै रेसुङ्गा गौशाला लाई अझै व्यवस्थित गर्न सबै पक्षले साथ दिनुपर्ने बताउनुभयो ।

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।

रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गौशालामा स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिदै आएको हो ।

बनमा चर्ने गाईको गहुतबाट बिभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ । प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ । हिन्दु धर्ममा गाई मात्र होइने गाईको गहुँतको पनि उत्तिकै महत्व रहेको छ । साथै रेसुङ्गा गौशाला वरपरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन राना भाट लगाएत सुरक्षाकर्मीहरुले सरसफाई गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।