सडकलाई उत्पादन र रोजगारसँग जोड्छौ : नेता जिसी

0 105

 

गुल्मी ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नम्बर  २ ख का उम्मेदवार एवम् माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसीले सडकलाई उत्पादन र रोजगारीसँग जोड्ने बताएका छन् । सोमबार धुर्कोट गाउँपालिका  ४ जैसिथोकमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता जिसीले गाउँगाउँमा पुगेका सडकलाई उत्पादन र रोजगारीसँग जोड्ने बताए ।

ञहामी निर्वाचित भइसकेपछि सडकको स्तरोन्नती त गर्छौ ।झ नेता जिसीले भने, सडक मात्रै बनाएर हुँदैन, त्यसलाई रोजगारीसँग जोड्नुपर्छ, त्यो हामी गर्छौ ।
सडक पक्की भइसकेपछि युवाहरूलाई रोजगारउन्मुख तालिम दिने र त्यसबाट रोजगार सिर्जना गर्ने नेता जिसीको भनाई छ । उत्पादित सामग्री उक्त सडकबाट निर्यात गर्ने र नागरिकलाई अर्थोपार्जनतर्फ उन्मुख गर्ने जिसिको भनाइ छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।