जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु

0 171

गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ ।

स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट सुचारु भएको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए ।

गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोक मार्ग खुलेपछि अहिले मेला पर्व , आन्तरीक पर्यटकहरु र शिलाशालिग्राम दर्शन गर्नेहरुमा मात्र सीमित रहेको उनको भनाई छ ।

ad

कहिलेकाही भर्मण आउँनेहरुले स्टिमर रिर्जव गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभाबका कारण चल्न नसकेको भट्टराईले जानकारी दिए ।

गुल्मी खण्ड ,स्याङजा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर संचालनमा प्रभाब परेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय स्याङजाबाट २०६२ सालमा स्विकृत लिएर संचालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई संचालनमा आएको छ ।

पहिले १२ वटा साना ठूला गरी स्टिमरहरु रहेता पनि हाल भने चार वटा मात्रै संचालनमा रहेको भट्टराइले बताए ।

प्रतिब्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दूुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिर्जवको लागि दुई हजार देखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाई छ । बिशेष गरी गुप्रमा आउनेहरुका लागि छुटको ब्यबस्था समेत गरिएको छ ।

कालीगण्डकी नदीमा मिर्मी देखी सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेट सम्मको रहने भट्टराइले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।