जनताले दिएको मतको पूर्ण सदुपयोग गरेका छौं – नेता ज्ञवाली

0 130

मनोज कार्की ÷कार्तिक १६ गुल्मी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचीव तथा प्रतिनिधिसभा गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वाजानिक गरेका छन् । बुधबार उपमहासचीव ज्ञवालीले गुल्मीको सदरमुकाम तम्घासको निलगिरी पाटी प्यालेसमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पाँचबर्षमा गुल्मी क्षेत्रनम्बर–१ मा भए गरेका काम र आगामि बर्षमा गर्ने कामको प्रतिबद्धता पत्र समेत प्रस्तुत गरेका थिए ।

प्रतिबद्धता पत्र सार्वाजानिक कार्याक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार नेता ज्ञवालीले आफू निर्वाचित भएपछी कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क,उनायचौरमा विद्यृत सब स्टेशन,५० शैयाको गुल्मी अस्पताल निर्माण,अक्सिजन प्लान्ट निर्माण, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार,खानेपानी लगायत थुप्रै करोडौंका योजना संचालन गरिएको उनले बताए । आफूहरुलाई जनताको ठुलो विश्वासले काम गर्ने ठाउँमा पुर्याएको हुँदा आफू र एमाले पार्टी जनता हक हितमा रहेर निरन्तर काम गरिरहेको नेता ज्ञवालीले बताए । अघिल्लो निर्वाचनमा मतदाताले दिएको मतको पूर्ण सदुपयोग गर्ने गरी आफूहरुले काम गरेको उपमहासचीव ज्ञवालीले जिकिर गरे ।

ad

तपाई जोडिएको रेसुङ्गा विमानस्थल निर्माणको काम सकियो तर नियमित उडान किन हुन सकेन ? भन्ने पत्रकारको प्रश्नमा नेता ज्ञवालीले विमानस्थलमा नेताले जस लिनको लागि राजनितिकरण गरियो त्यसैले नियमित उडान हुन नसकेको हो उनले भने । आगमी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन लगत्तै संचालनमा ल्याउने ज्ञवालीले बताए ।


रिडि वामि सडक खण्ड कालोपत्रे , दहरे, नादे, गिँदी र भार्से खोलामा पुल निर्माणको लागि टेण्डर प्रक्रियाको काम अगाडी बढेको र अन्य थुप्रै योजनाका काममा बजेट विनियोजन भएपनि निर्माण ब्यावसायीको लापरबाहीका कारण काम हुन नसकेको उनले बताए । ज्ञवालीले आगामी बर्षको लागी यातयात, विद्युत, खानेपानी,स्वास्थ्य,कृषि,उद्योगतथा खानी, युवा खेलकुद तथा रोजगारी,सामाजिक न्याय र सुरक्षा र संस्कृति तथा पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको ज्ञवालीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।