जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे

युवाहरुलाई स्वदेशमै टिकाई राख्ने योजना आफूसंग रहेको दाबी

0 158

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ ।

उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् ।

गुल्मी क्षेत्र २ प्रदेश सभा २का गठबन्धनका साझा उम्मेदवार नेकपा माओबादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिशी भने किसानको खेतबारीमै पुगेर मतदाताहरुका गुनासा सुन्दै मत माग्नु भएको छ ।

ad

किसानहरुको यो समय काममा ब्यस्त हुने समय हो । मदाने गाउँपालिकाको अग्लुङका किसान तथा मतदाताहरको साथमा सुख र दुःखमा रहेको भन्दै यस पटक आफूलाई मत दिनका लागि उहाँले आग्रह गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रका प्रतिनिधिले जनताको मत कदर नगरी बीचैमा जनतालाई अलपत्र पारेर गएको स्मरण गराउँदै जिशीले आफू पुरै कार्यकाल जनताको मतलाई कदर गर्दै जनतासंगै रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

यसक्षेत्रको बिकास,युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरी बाध्यात्मक अवस्थामा बिदेश पलायत हुनबाट रोक्ने गरी आफूले काम गर्ने बताउनुभयो ।

युवाहरुलाई स्वदेशमानै टिकाई राख्नका लागि आफूसंग धेरै योजनाहरु रहेको भन्दै युवाहरुको साथमा सधै आफू रहेको समेत उहाँले दाबी गर्नुभयो ।

सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट दिनेश पन्थी उम्मेदवार बन्नुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।