हाम्रो शक्ति भनेको जनता हुन : उम्मेदवार श्रेष्ठ

0 141

गुल्मी २ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार भुवन प्रसाद श्रेष्ठले गठबन्धनको शक्ति भनेको जनता रहेको बताएका छन ।
आज मुसिकोट नगरपालिका (८ दाल्कामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिलेको व्यवस्थामा सर्वमान्य भनेको जनता हुन तिनै जनता हाम्रो शक्ति बनेका छन् ।
कसलाई कहाँ राख्ने कसलाई कहाँ पुराउने भन्ने कुरा जनताको हातमा रहेको बताउदै उनले आगामी निर्वाचनमा जनताले सहि नेतृत्वलाई सदनमा पुराउने र गलत नेतृत्व तथा चरीत्र भएका पात्रलाई सजाय दिने उल्लेख गरे ।
साथै उनले भने “गलत नेतृत्वका कारण समग्र मुसिकोट तथा वामी बजार पछाडि परेको जिकिर गर्दै उनले अब मुसिकोटलाई अगाडि बढाउन विकास गर्न गठबन्धनको जित आवश्यक छ झझ।
छिमेकी जिल्लाका बजार गलकोट, खर्बाङको उदाहरण दिदै वामी बजारलाई पनि ति बजार भन्दा अगाडी बढाउने योजना रहेको उनले सुनाए ।
जनताका साझा समस्या रहेको बताउदै शिक्षा,सिचाई ,कृषि जस्ता योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत जाहेर गरे ।
मुसिकोट बासीको सुख दुस्ख मा आफू सधैव रहेको स्मरण गर्दै यस पटक आफुलाई मतदान गरेर गुन लगाउन उनले जनतालाई अपिल समेत गरे । साथै यो परिस्थितिमा मुसिकोटका जनताले लगाएको गुन कहिल्यै नभुल्ने बाचा समेत श्रेष्ठले गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।