गुल्मीमा माओबादी केन्द्रका प्रभावशालि नेता एमालेमा प्रवेश

गठबन्धनलाई ठुलो धक्का

0 163

प्रतिक खबर,

कात्तिक २३,गुल्मी
गुल्मीमा नेकपा माओबादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओबादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगरकमिटी सह–सचिव कमला परियार,सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई.सि.एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक कार्यक्रमका विच प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंङ काउछाले स्वागत गरेका हुन् । उनीहरुको आगमनले नेकपा एमालेमा खुसी छाएको छ भने गठबन्धनलाई ठुलो धक्का लागेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र विभिन्न दलसंग गठबन्धन गरी पार्टीलाई देशबाट नै विलय गर्ने खोजिएको र गठबन्धनबाट नेपाली जनताले मुक्ति नपाउने भएपछि विकल्प खोजिएको कमला घर्तीले बताईन् । आफू कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले गठबन्धनले नेपाली जनताको माग र आवश्यकता नेकपा एमाले पार्टी वाहेक अरुले पुरा नगर्ने घर्तीले बताईन् ।


त्यस्तै पार्टी प्रवेश कार्यक्रममा ज्ञानुराम खनाल बोल्दै जनमुक्ति सेनामा रहेर पार्टी र जिम्मेवार नेतालाई काधँमा राखेर अगाडी बढेको र आफूजस्ता योद्धालाई पार्टीले वेवास्ता गरेको उनले गुनासो गरे । जनमुक्ति सेना,वेपत्ता,घाईते,अपागंका परिवारलाई पार्टीले संरक्षण र ब्याबस्थापन नगर्दा उनीहरुलाई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
उनीहरुलाई स्वागत गर्दै जिल्ला पार्टी अध्यक्ष बालसिंङ काउछाले भने नेकपा एमाले जनताको पार्टी हो त्यसैले यहाँ निष्ठा र सम्मान हुन्छ । आसन्न निर्वाचनमा गुल्मीका सम्पूर्ण उम्मेदवारलाई विजयीका निम्ती सबैलाई लाग्न समेत आग्रह गरेका छन् ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।