युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

0 112

 

गुल्मीमा नेकपा एमालेनिकट युवाहरूको संगठनका अध्यक्ष नै गठबन्धनमा प्रवेश गरेका छन् । युवा संघ, धुर्कोट गाउँपालिका (६ रजस्थलका अध्यक्ष रमेश केसी लगायतका नेताहरू गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक एवम् गुल्मी क्षेत्र नम्बर २ ख का उम्मेदवार बुद्धि जिसीले उनीहरूलाई गठबन्धनमा प्रवेश गराएका हुन् । त्यस्तै नेकपा एमाले वडा कमिटी सदस्य मोति बहादुर केसी, राजु जिसी, भेष बहादुर केसी, राम बहादुर सेजाल, सुनिता विक, गुन बहादुर विक, युवा संघका गाउँ कमिटी सदस्य पदम भण्डारी लगायतका नेताहरू पनि गठबन्धनमै समाहित भएका छन् । एमालेले सधै विकासको प्रलोभन देखाउने तर कहिल्यै पूरा नगर्ने गरेका कारण विकास र समृद्धिका लागि गठबन्धनमा प्रवेश गरेको केसीले बताए । साथै आगामी मंसिर ४ हुन गइरहेको निर्वाचनमा गठबन्धनलाई भारी मतले विजयी गराउन लागिपर्ने बताए । कार्यक्रममा बोल्दै जिसीले समाज रूपान्तरणको यात्रामा सँगै रहने प्रतिक्रिया दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।