अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज 

0 181

 

कात्तिक २५ गुल्मी ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल यात्री सहित साना तथा ठुला सवारी साधनलाई यात्रा गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।
उनले भने “ जनतालाई सहज होस भन्ने उद्देश्यले गाउँ पालिकाले कल्भट राखेपछि विशेषगरी साना सवारी साधनलाई राहत मिलेको छ , ठुला सवारी साधनलाई समेत वारपार गर्न सजिलो भएको छ झझ । साथै पुल निर्माणको लागि गाउँपालिकाले पहल गर्ने अर्यालले उल्लेख गरे ।
यस्तै यात्रुहरुले पनि कल्भट राखेपछि सकारात्मक प्रतिक्रिया दिएका छन् । मोटरसाइकल तथा कारलाई धेरैनै सहिलो भएको स्थानीय नरेश खत्रीले बताए । साथै गाउँपालिकाले पुल निर्माणको लागि पहल गर्नु पर्ने उनले सुझाव समेत दिएका छन् ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।