मतदाता शिक्षा गाउँ गाउँमा

0 316

अमर पन्थ
कार्तिक २५, गुल्मी
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केद्रित गरी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम–यू.एन.डी.पी. को आर्थिक सहयोग र निर्वाचन आयोगको समन्वयमा थारु महिला उत्थान केन्द्र वर्दिया द्धारा लुम्विनी प्रदेशका १२ वटै जिल्लामा मतदाता शिक्षा कार्यक्रम संचालनमा रहेको छ । दाङ्ग जिल्लामा ४ जना र अन्य प्रत्येक जिल्लावाट २÷२ जना मतदाता शिक्षा सहजकर्ता छनौट गरी अभिमुखीकरण गरीएको र आवस्यक नमुना मतपत्र सहित प्रत्येक जिल्लामा परिचालन गरीएको थारु महिला उत्थान केन्द्र वर्दियाका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनुभयो ।
यस कार्यक्रम अन्र्तगत प्रदेशका १२ वटै जिल्लामा १३ हजार र रुपन्देहीमा मात्र एक हजार भन्दा वढी मतदातालाई सचेतना गरीने तथा विगतका निर्वाचनमा देखीएको मत बदरको सख्यालाई कम गर्दै आगामी निर्वाचनमा मतदाताहरुको अवस्था अनुसार गरीएको व्यावस्थालाई पनि जानकारी गराईएको रुपन्देही जिल्लामा सहजिकरण गरीरहेका सहजकर्ता विमला पाण्डेले जानकारी गराउनुभयो । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको तत्थ्याङ्क अनुसार जम्मा ६ लाख ३२ हजार ३६० मध्ये ३ लाख ८ हजार ५७४ महिला र ३ लाख २३ हजार ७७८ तथा ८ जना अन्य मतदाता रहेको रुपन्देही जिल्लामा एक हजार मतदातालाई मात्र शिक्षा चलाए पनि महिला तथा वृद्धाहरु लाई पहिलो प्राथमिकतामा राखेर मतदाता शिक्षा अभियान संचालन गरीएको छ भने सधै घर खेतमा व्यस्त महिलाहरु मतदाता शिक्षा कार्यक्रले गर्दा अलमलमा पर्न नपर्ने र सहयोगी नहुदा पनि ढुक्क सगँ मतहाल्न सकिने सहभागीहरुले प्रतिक्रिया दिएको पाण्डेले जानकारी गराउनुभयो ।


१२ वटै जिल्लामा समन्वय गर्नको लागि मतदाता शिक्षा कार्यक्रम अन्र्तगत सस्थाको तर्फबाट कार्यक्रम संयोजक रमेश चौधरीले प्रविधिक सहयोग तथा समन्वयकारी सहयोग गरिरहनु भएको छ भने सवै जिल्लाहरुमा कार्यक्रम संचालन भैरहेको र अनुगमनको क्रममा अझै बढी मतदाता समक्ष कार्यक्रम पु¥याउन आवस्यक रहेको जानकारी गराउनु भएको सस्थाका कार्यक्रम व्यावस्थापक तेजमणी पन्तले बताउनु भयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।