गुल्मीको शारदा मावि सराङ्गका बिद्यार्थीले बनाए चल्ने गाडी

0 885

प्रतिक खबर व्यूरो /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थीले चल्ने गाडी बनाएका छन । जिल्लास्तरिय शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा चल्ने गाडी बनाएर प्रदर्शन गरेका हुन । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोश्रोको गुणस्तर अभिवृद्धि योजना अनुसार गुल्मी जिल्लाका माध्यमिक बिद्यालयस्तरिय शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको हो । मोटरसाइकलको इन्जिन प्रयोग गरी ४ चक्के ३ जना चढ्न मिल्ने गाडी बनाएका हुन । विद्यालयका बिद्यार्थीद्धय कक्षा १० का सुशिल कामी र कक्षा ११ का किरण गुरुङ्गले उक्त गाडी बनाएका हुन । दुर्गम ठाउँका बिद्यार्थीले यस किसिमको गाडी बनाउनु बिद्यालयका लार्गी गर्वको बिषय भएका प्रध्यानाध्यापक रामप्रसाद अर्यालले बताउनुभयो । उक्त प्रतियोगीतामा बिद्यालले दाश्रो स्थान बनाउन सफल भएको छ । यस्तै महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालय वामीटक्सार प्रथम भएको छ।


शुक्रवार ज्ञानोदय नमुना माध्यमिक बिद्यालय चन्द्रकोट ८ मजुवा गुल्मीमा आयोजित कार्यक्रममा जिल्लाभरका १८ विद्यालय सहभागि भएका ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मिप्रसाद भण्डारीले बताउनुभयो । सहभागि विद्यालयका विद्यार्थीहरुले सिर्जनशिल नव प्रर्वदनात्मक र रचनात्मक शैक्षिक सामाग्री निर्माण गरि व्यस्थापन तथा आफै विश्लेषण समेत गरेका थिए । प्रत्येक समुहमा ४ जनाका दरले विद्यार्थीहरु सहभागि भएका थिए । जसमा महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालय मुसिकोट ७ वामी गुल्मीले प्रथम हुदै नगद पन्ध्र हजार र प्रमाणपत्र हात पारेको छ । त्यस्तै सराङ माध्यमिक बिद्यालयले द्वितिय हुदै बाह्र हजार र प्रमाणपत्र र तृतीय हुदै आयोजक विद्यालय ज्ञानोदय नमुना माध्यमिक बिद्यालयले दश हजार र प्रमाणपत्र प्राप्त गरेका शिक्षक भुगोल सापकोटाले बताउनुभयो । गाउँपालिका अध्यक्ष युवराज केसीले सहभागी बिद्यालय र बिद्यार्थीहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप प्रगतिको कामना गर्नुभएको छ ।


सोहि अवसरमा आयोजित गाउपालिका स्तरिय हाजिरिजवाफ प्रतियोगितामा चक्रेश्वर इङ्ग्लिश बोर्डिङ्ग स्कुल प्रथम, पोलारिस इङ्ग्लिश बोर्डिङ्ग स्कुल द्वितिय र आयोजक ज्ञानोदय नमुना माध्यमिक बिद्यालय तृतीय भएका छन । जिल्लाभरका सहभागी विद्यालयमध्ये आफ्नो विद्यालयका विद्यार्थीले दोश्रो बन्न सफल भएकोमा बिद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।