गुल्मी कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने

0 116

अनिल खत्री
२८ कात्तिक, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गुल्मी जिल्ला कारगारबाट ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी मध्ये ३८ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताउनु भयो ।

कारागारमा मतदान गर्नका लागि एउटा अस्थायी मतदान केन्द्र पनि थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका गुलमीले जनाएको छ । जिल्लामा २७८ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

तर एउटा अस्थायी मतदान केन्द्र थपिएसँगै २७९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । दुई प्रतिनिधि सभा ४ प्रदेश सभा रहेको जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।