हेलीकोप्टरबाट यात्रा गर्नेले जनताको समस्या बुझन् सक्दैनन् : चन्द्र भण्डारी

0 142

कात्तिक २९,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले हेलीकोप्टरबाट यात्रा गर्नेहरुले जनताका समस्या बुझन नसक्ने बताउनुभएको छ ।

 

यस क्षेत्रका पूर्व सांसद तथा मन्त्री प्रदीपकुमार ज्ञवालीलाई लक्षित गर्दै भण्डारीले गुल्मेली जनताको समस्या बुझने नेता चुन्न नजान्दा समस्या भएको भन्दै अब त्यो समस्याबाट मुक्त हुने समय आएको बताउनुभएको छ ।

ज्ञवाली माथिमाथिबाट हेलीकोप्टरमा यात्रा गर्ने भएकाले गुल्मेलीहरुको समस्या बुझन नसक्ने भण्डारीको तर्क छ ।
केपीओली नेतृत्वको सरकारले कोभिडको समयमा पनि जनताको समस्यालाई ध्यान नदिई आर्थिक चलखेल गर्न तल्लिन भएको आरोप लगाउँदै गठबन्धनलाई जिताउनका लागि छत्रकोट तीनका मतदाताहरुलाई आग्रह गर्नुभएको हो ।

 

ad

यस क्षेत्रमा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा १ मा गठबन्धनबाट माओबादी केन्द्रका सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डे , प्रदेश सभा २ मा गठबन्धनबाट धनेन्द्र काकी र एमालेबाट फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।