कात्तिक २९,२०७९ गुल्मीःगुल्मी क्षेत्रनम्वर एकमा प्रदेशसभा एकका उम्मेद्वार सुदर्शन बरालले ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउने बताउनुभएको छ ।
रुरक्षेत्र गाउँपालिकाको ग्वादी र रानीबासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बरालले ग्रामीण क्षेत्रका नागरिकको जीबनशैलीमा परिवर्तन नआएसम्म बिकास भएको भन्न नसकिने भन्दै ग्रामीण क्षेत्रका नागरिकको जीबन शैलीमा परिवर्तन आउने गरी काम गर्ने बताउनुभएको छ ।
आफू लुम्बिनी प्रद्रेशको सामाजिक बिकास मन्त्री हुँदा र पछी पनि निरन्तर रुपमा गुल्मीमा सडक,पुर्वाधार,खानेपानी ,सिंचाई ,खेलमैदान, आमासमुहहरुका भवन लगायत शिक्षा ,स्वास्थ्य मठ मन्दिर निर्माण लगायत धेरै कार्यहरुगरेको भन्दै बाँकी रहेका अधुरा अपुरा कार्यहरुलाई पुरा गरेर गुल्मीलाई बिकासको माध्यमबाट नमुना बनाउने बताउनुभएएको छ ।
युवाहरुलाई स्वदेशमै रोजगारीको ब्यबस्था गर्ने र युवाहरुलाई स्वदेशमै टिकाई राख्ने गरी आफूले योजना बनाएको उहाँको भनाई छ ।
युवाहरुबाट परिवर्तत संभव भएको भन्दै आफू सधै युवाहरुको जोश जाँगरको साथमा रहेको उल्लेख गर्नुभयो । प्रदेश सभा एकमा गठबन्धनबाट बराल र एमालेबाट चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।