गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने

0 137

 

कात्तिक २९ गुल्मी ।आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मीमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताउनु भयो ।
गुल्मीमा एक हजार चार सय ६० म्यादी प्रहरी , ८ सय नेपाल प्रहरी , तीन सय सशस्त्र प्रहरी र चार सयको हाराहारीमा नेपाली सेना परिचालन हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
निर्वाचन स्वस्थ , मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले बताएको छ । साथै कसैलाई सुरक्षाको थ्रेड भए तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आममतदातालाई आग्रह गर्नु भएको छ । २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई सय ७८ वटा मतदान केन्द्र रहेका छन् ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।