अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका(२ बस्ने २४ वर्षीय पदम नेपाली, जिल्ला उपाध्यक्ष २२ वर्षीय राजेश नेपाली, मालारानी गाउँपालिका–८ बस्ने १९ वर्षीय कुमार नेपाली र सोही ठाउँका १९ वर्षीया लक्ष्मी खनाल रहेका छन् ।