गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

0 125

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुनस् मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

 

मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ । मतदान गरेका ५४ जना मतदाताले पुनः प्रतिनिधि सभाको मत दिन पाउने भएका छन् । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

ad

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।