गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

0 114

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।

०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।