शोकाकुल गाउँ ठुलोलुम्पेकमा पुगे सुदर्शन

0 120

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता बरालले शोक ब्यक्त गरेका हुन ।

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता बरालले शोक ब्यक्त गरेका हुन ।

सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकको कुटडाँडामा मंंसिर ७ गते राती जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । ४ जना घम्भीर घाईते भएका थिए । निर्वाचनको बेला त्यति ठुलो घटना घटदा पनि विजयी उमेदवारहरु पुग्न नसकेको त्यस गाउँवासीले गुनासो गरिरहेको बेला सत्ताख गठबन्धनबाट गुल्मी क्षेत्र नम्वर २ प्रदेश क बाट उमेदवार भई पराजित भएका बराल कुटडाँडा स्थित मृतक पाँच जनाको परिवारमा पुगेर शोक प्रकट गर्दै मृतकहरु प्रति श्रद्धाजञ्जली ब्यक्त गरेका हुन ।

ad

दुर्घटनामा परी त्यस गाउँका होनाहार समाज सेवी ५१ बर्षीय झलकमान सोमै, उनकी ४३ बर्षीया श्रीमति जमुना सोमै, छिमेकी ४७ बर्षीय रनबहादुर सिंजाली , ५५ बर्षीय टिकारामा राहदी र २८ बर्षीय मिलन तरामुको मृत्यु् भएको थियो । त्यस्तै जिप चालक उनका छोरा कार्वेलिङ्ग सोमै , अर्का छोरा खण्डन सोमै, गीरबहादुर राहदी र चेतमान सिंजापति घाईते भएकोमा जिप चालक छोरा कार्वेलिङ्ग सामै घाईत अवस्थामै बाबु आमाको काजकिरियामा बसेक्ँ छन । म रिडीबाट घर आउँदै थिएँ । घर नजिकै आई पुग्दा मेरो गाडी फस्यो र घरमा फोन गरेर बाबु आमालाई र छिमेकीहरुलाई बोलाएँ , उहाँहरु आई गाडी निकालेर घरै नजिक आई रहेको बेला गाडी खसेको हो, गहभरी आँशु पार्दै कार्वेलिङ्ग सोमै भन्छन खै कसरी खस्यो थाहै पाईन ।  दुई दिदी बहिनी र दुई भाई रहेका उनले भने हामीहरुलाईको भबिश्य उज्वल पार्ने बाबु आमाको सपना थियो ।

अर्का मृतक मिलन तरामुकी २६ बर्षीय श्रीमति तारा तरामु बोल्नै सकिनन । उनकी ।४ बर्षीया छोरी मिटाङसी तरामुले मेरो बाबा मलाई जुस ल्याई दिएर आउनु हुुन्छ । उ पारी जानु भाछ भन्दा त्यहाँ पुग्ने सबैका आँखा रसाए ।

१० बर्ष सम्म विदेश बसेर गत बर्ष देखि घर बस्न थालेका टीकाराम राहदी पनि समाज सेवी थिए । माओवादी केन्द्र त्यस वडा कमिटीका अध्यक्ष लोक सुनारले झलकमान सोमै सहितका पाँच जना समाज सेवीहरु गुमाउँदा कुुटडाँडाबासी टुहुरा जस्तै बनेको बताए ।

त्यहाँका वडाध्यक्ष जितबहादुर तरामुले झलकमान सामै साजपुर आधारभुत विद्यालयका कार्यलय सहयोगी देखि प्रधानध्यपक सम्म रहेर त्यहाँ शैक्षिक देखि हरक्षेत्रको विकास गाउँवासीको सेवामा समर्पित ब्यक्ती भएकोले गाउँवासीले भुल्नै नसक्ने बताए । मंसिर ७ गते राती अबेर सम्म झलकमानले मतगणनाको अपडेड गरेको आफुले देखेको जिल्ला समन्व्य समितिकी सदस्य नरमाया राना बताउँछिन् ।

श्रद्धाञ्जली सभामा नेता सुदर्शन बरालले होनाहर समाज सेवीहरु गुमाउनु परेकको भन्दै दुख ब्यक्त गरे । नेता बराल संगै सो पाटीका नेताहरु बीरबहादुर कार्की , अशोक थापा, जिल्ला समन्व्य समितिका उपप्रमुख तेजेन्द्र सलामी लगायत पनि पुगेका थिए ।

। दुखको कुरा विजयी उमेदवारहरु अहिले सम्म त्यो परिवारमा पुगेका छैनन् । यस अघिका विभिन्न घटनामा परी मृत्यु हुनेहरुलाई सत्यवती गाउँपालिका पुर्व अध्यक्ष पारिश्वर ढकालले किरिया खर्च दिलाएको तर अहिलेका प्रमुख टिकाराम पाण्डेले वास्ता नगरेको गाउँवासीको गुनासो छ । उता गम्भीर घाईते भई लाखौं ऋणमा पर्दै उपचार गराई रहेको परिवारलाई पनि स्थानीय सरकारले राहत प्रदान नगरेकोमा गाउँवासीले दुख प्रकट गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।