विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मुसिकोटका कार्कीलाई सम्मान

0 645

सूर्य सुनार मंशिर १३, गुल्मी
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई पृथ्वी माध्यामिक विद्यालयले मंगलबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका भुपू विद्यार्थी नेपाली सेनाको क्याप्टेन गणेश कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको भन्दै विद्यालयको तर्फबाट बधाई तथा थप सफलताको शुभकामना दिएको हो ।

पृथ्वी माध्यामिक विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विद्यालयको नाम राखेको भन्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रधानध्यापक पाण्डेले भन्नुभयो“ पृथ्वी माध्यामिक विद्यालय अर्थात, सामुदायिक विद्यालयमा अध्ययन गरेर विश्वमा आफूलाई र विद्यालयलाई चिनाउने काम गरेको हुँदा कार्की र उनको परिवार प्रति खुशी व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयमा अध्ययन गरेर विश्वमा नाम चर्चा गराउन सफल हुनुभएका कार्कीलाई विद्यालय र व्यक्तिगत तर्फदेखी प्रधानध्यापक पाण्डेले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्कीले पृथ्वी माध्यामिक विद्यालयबाट एस.एल.सी उर्तार्ण गर्नुभएको थियो ।


मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याम्टेन) हुन । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर गुल्मीसहित देशको शिर उच्च पारेका थिए । विद्यालयले उनको बुवा सुरज कार्की र उनकी आमा सरस्वती कार्कीलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।