मंसिर १६ ,२०७९ गुल्मीः जिल्ला प्रहरी कार्यालय गुल्मीले ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
रिडी देखी तम्घास तर्फ आउदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा चेकजाँचको क्रममा अवैध घरेलु मदिरा फेला परेकाले जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।