शारीरिरक रुपले अस्वस्थ भएकाबाट मुलुक बन्दैन, पालो युवाको -डा.चन्द्र भण्डारी

0 153

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताउनुभएको छ । शुक्रवार जिल्ला सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नव निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिरक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताउनुभयो ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको जोश र जाँगरबाट समस्याहरु समाधान हुन सक्ने भन्दै युवा नेताहरुको नेतृत्व आउनुपर्नेमा जोड दिनुभयो । सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उहाँको भनाई छ । पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने दाबी गर्नुभयो । जिल्लालाई बिकास निर्माणले नमूना जिल्ला बनाउने गरी आफूले योजना बनाएको बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।