आइएम्ई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

0 134

गुल्मीमा आइएम्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीको मृत्युमा कम्पनीले मृत्युुदाबी रकम भुक्तान गरेको हो। निज पन्थी प्रस्तावक बनी उनले छोरी सुप्रिया पन्थीको ०७८ चैत्र महिनामा एक लाख बीमाङ्कको बाल उज्जवल जीवन बीमा गराइदिएकी थिइन् ।

डेङ्गिको कारण गत भाद्र महिनामा निज प्रस्तावक पन्थिको मृत्यु भएको थियो । मृत्यु पश्चात् आवश्यक प्रक्रिया पुर्याएर कागजात पेश भए अनुसार छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएकोमा एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्रीले आई एम ई लाईफ इन्स्योरेन्स क लिमिटेड लाई धन्यवाद दिए ।
कार्यक्रममा प्रमुख अतिथी आई एम ई लाइफका एरिया प्रमुख खुमलाल अर्यालले जीवन बिमाको महत्त्व दिनानुदिन बढ्दै गएको बताए ।

कार्क्रममा गुल्मी शाखाका शाखा प्रमुख बिमल छन्तेलले पन्थिको असमाहिक निधनले कम्पनी परिवार स्तब्ध भएको बताउदै आगामी दिनमा पढाइ खर्च स्वरुप सुप्रीया पन्थिले मासिक १०००र(“एक हजारका दरले रकम प्राप्त हुने जानकारी दिए । बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग एक लाख र बोनस रकम समेत प्राप्त गर्ने उनले प्रस्ट पारे ्र

ad

कार्यक्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख  BSA staff  नवीन पान्डे, स्थानिय शिक्षक , बुद्दिजिबी , समाजसेबी , कम्पनिका एजेन्सी प्रतिनिधिको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन कम्पनिका एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्री र ५ नम्बर वडा सचिब माया टन्डनको अध्यक्षतामा सम्पन्न भएको कम्पनीका कर्मचारी नवीन पाण्डेले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।