पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव सम्पन्न, पूर्वशिक्षक र उत्कृष्ट शिक्षकहरु सम्मानित

0 750

सूर्य सुनार, मंशिर २६ गुल्मी

पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम र शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर पाण्डेले जानकारी दिए ।

विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेले शौक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक पाण्डेले विद्यालय विभिन्न चुनौतीलाई सामना गर्दै अगाडी बढिरहेको बताए । गुणस्तरिय खानेपानी, शौचालय, खेलमैदान आदीको व्यावस्थापनमा कठिनाइ भएकाले त्यसकालागि पहल गरिदिन सरोकारवाला निकाय संग आग्रह गरे । विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेको त्यसको अनुपातमा भवन र जनशक्तिको व्यवस्थापन गर्नु अबको चुनौती रहेको प्रधानाध्यापक पाण्डेको भनाई छ ।

ad

कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले ६६ औँ वार्षिकोत्सव कार्यक्रमको सफताको शुभकामना व्यक्त गर्दै गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने बताए । विद्यालयमा शिक्षकको समस्या भएको विषय यथार्थ रहेको भन्दै त्यसको समधानको लागि नगरपालिकाको ध्यान गएको बताए ।

विद्यालयले वार्षिकोत्सव कार्यक्रमको अवसरमा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । पूर्वप्रधानाध्यापक टेकराज अर्याल, दुर्गासूर्यवंशी, शिक्षक गुप्ता कार्की, ढाल बहादुर कार्की, यम बहादुर थापालाई विद्यालयले सम्मान गरेको हो । विद्यालयमा रहेर अन्य ठाउँमा सरुवा भई गएका शिक्षक शारदा खनाल आर्चाय, दुर्गा क्षेत्री, सीता घिमिरे, नमिता सिँह ठकुरी, र विवेक पे्रमी मगरलाई सम्मान गरिएको हो ।

विद्यालयमा रहेर लामो समय सम्म काम गर्ने शिक्षक बावुराम घिमिरे, शिव थापा, उषा घिमिरे सम्मानित भएका हुन् । त्यस्तै विद्यालयले उत्कृष्ट शिक्षकमा टिका घर्ती मगर र सावित्रा थापालाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताए । साथै विद्यालयका पूर्वविद्यार्थी प्रकाश घिमिरेलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

अन्तर सदनात्मक छात्र भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाईजम्प प्रतियोगिता ,लंगजम्प प्रतियोगिता, गायन प्रतियोगिता लगायतका कार्यक्रम गरिएको हो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको संचालन शिक्षक बोम बहादुर छन्तेलले गरेका थिए । विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरुले दर्शकहरु लाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।