गुल्मीमा ३३९ जना एचआइभी संक्रमित

0 179

मनु सुनार मनसुन

गुल्मी मङ्सिर २६ । गुल्मी जिल्लामा ३३९ जना एचआइभी संक्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र गाउँपालिकामा ३७ जना, चन्द्रकोट गाउँपालिकामा १९ जना रहेका छन् ।

कालीगण्डकी गाउँपालिकामा ४ जना, सत्यवती गाउँपालिकामा ५९ जना, मालिका गाउँपालिकामा १९, इस्मा गाउँपालिकामा १९ जना, धुर्कोट गाउँपालिकामा २६ जना एचआईभी्एड्स संक्रमित रहेका छन् । जसमध्येबाट १९१ जनाले एआरटीबाट सुविधा लिइरहेका छन् ।

ad

जिल्लामा नार्डेक नेपालले प्रवासी र तिनीहरुको दम्पतीको लागि एचआईभी परीक्षण गर्ने गर्छ । “गोलोबल फण्ड सेभ द चिल्ड्रेन”को आर्थिक सहयोगमा नार्डेक नेपालले यो कार्यक्रम सञ्चालन गर्दै आएको हो । यस्तै इपिक नेपाल तथा राष्ट्रिय एचआईभी्एड्स महासंघको आर्थिक सहयोगमा हाम्रो जिवन प्लसले सामुदायिक हेरचाह केन्द्र र घरसमुदायमा आधारित कार्यक्रम अन्र्तगत एचआईभीको जोखिम समूहलाई एचआईभी संक्रमण परीक्षण गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।