प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

0 95

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले फरक क्षमता भएका विध्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विध्यालयमा अध्ययनरत २३ जना विध्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो ।

प्रतिष्ठानले आफ्नो सातौँ जिल्ला अधिवेशन पौष २ गते बालमन्दिरमा मनाउँदैछ । अधिवेशनकै पूर्वसन्ध्यामा प्रतिष्ठानले फरक क्षमता भएका विध्यार्थीहरूलाई सहज होस् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरेको पूर्व अध्यक्ष खुम खत्रीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले प्रतिष्ठानले गरेको काम सह्रानिय भएको बताए । उनले प्रतिष्ठान विगतदेखि नै सामाजिक कार्यमा सक्रिय भएको भन्दै निरन्तरताको शुभकामना दिए ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले फरक क्षमता भएका विध्यार्थीहरूको लागि सबै सरोकारपक्षले ध्यान दिनुपर्ने बताए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी गैरेको प्रमुख आतिथ्यता, प्रथम उपाध्यक्ष शिलु भट्टराईको स्वागत मन्तव्य एवम् निवर्तमान अध्यक्ष जनक पन्थको संचालनमा सम्पन्न भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।