सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन

0 141

राष्टिय गौरवको आयोजनाको रुपमा रहेको सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन गरिएको छ । बुधबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सिद्धबाबा सडकखण्डको वैकल्पिक सडकमार्गको रुपमा रहेको बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन गर्नुभएको हो । नगरप्रमुख पन्थीले गुल्मेली जनताको भाग्य र भविष्यसँग जोडिएको यस सडक खण्डलाई समयमै सम्पन्न गर्न पटक–पटक चासो देखाउँदै आउनुभएको छ ।

नगरप्रमुख खिलध्वज पन्थी, वडाअध्यक्ष लिलाधर आचार्य प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद अर्याल, कार्यक्रम अधिकृत विनोद मरासिनी, सडक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख इञ्जिनियर सचितानन्द चौधरी, अर्घाखाँचीका भौतिक पूर्वाधार कार्यालयका ईन्जिनियर टोप बहादुर दर्लामी पत्रकार लगायतको टोलीद्वारा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा नगरप्रमुख पन्थीले सडक निर्माणको कार्यमा गुणस्तरीयता कायम गरी समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । मापदण्डअनुसार सडक बनाउनुप¥र्यो, तोकिएको समयमै बनाउनुपर्ने, एउटा सकड आयोजना वर्षौंसम्म नबन्दा नागरिकमा निराशा बढाएको हुँदा काम समयमै सम्पन्न गर्न नगरप्रमुख पन्थीले निर्देशन गर्नुभएको थियो ।

विकास आयोजनाहरुलाई क्रोनिक नबनाई तोकिएको समयमै सम्पन्न गर्नुपर्ने पन्थीले उल्लेख गर्नुभयो । बुटवलसँग दु्रत रुपमा जोड्ने यस जिल्लाको मेरुदण्डको रुपमा यस सडकखण्डलाई लिएको बताउनुभयो । “हामीले निरन्तर रूपमा गुल्मेली जनतालाई वैकल्पिक मार्गको रूपमा रहेको यस सडक खण्डलाई सम्पन्न गर्न निरन्तर पहल बताउनुभयो । सिद्धबाबा सडक खण्डको विकल्प नहुँदा अकालमै गुल्मेली जनताले ज्यान गुमाउन परिरहेको छ ।

ad

यस सडकखण्ड छिट्टै सञ्चालनमा ल्याई गुल्मेली जनतालाई सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउने दाबी गर्नुभयो । जिल्लाको विकास, समृद्धि र पर्यटनसँग जोडिएकाले पनि यो सडकको निकै महत्व रहेको बताउनुभयो । सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्ड २०७० सालमा निर्माण कार्य शुभारम्भ भएको हो । संविधानसभा सदस्य डा.चन्द्र भण्डारीको पहलमा यो सडकखण्ड निर्माणको कार्य सुरु भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।