गुल्मी सिर्सनी समाज रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

0 144

सामाजिक कार्यमा क्रियाशिल रहेको संस्था गुल्मी सिर्सनी समाज रुपन्देहीले रक्तदान गरेको छ । पौष २ गते शनिबार बृहत रत्तदान कार्यक्रम, पौष १५ गते सिर्सनी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर र पौष २३ गते शनिबार साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरे अनुरुप रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शनिबार रक्तसञ्चार सेवाकेन्द्र रेडक्रस भवन अमरपथ बुटवलमा एक कार्यक्रमको आयोजना गदै रक्तदान गरेको हो । समाजको प्रथम वार्षिक साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व वहन गदै रक्तदान जीवनदान भन्ने मूल मन्त्रका साथ रक्तदान गरिएको कार्यक्रममा ६८ युनिट रगत संकल्न भएको छ ।

संस्थापक अध्यक्ष भिष्मराज अर्यालको अध्यक्षता रहेको कार्यक्रममा नेपाल संवयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । मर्भुङ्ग सेवा समाज रुपन्देहीका अध्यक्ष थानेश्रव अर्याल रक्तदान कार्यक्रम संयोजक आर्दश कुमार, ज्ञानुराम अर्याल, हरि केसी, प्रेमचन्द्र अर्याल लगायतको आथित्यता रहेको थियो । उपाध्यक्ष ऋषिराम भट्राईको स्वागत मन्त्ब्य रहेको कार्यक्रमको संचालन सचिव महेन्द्र अर्यालले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सफलताको कामना गरेका थिए । आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गरोस भन्ने कामना गरेका छन ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।