गाउँमै विशेषज्ञ सहितको सेवा लिन पाउँदा चन्द्रकोटका नागरिक हर्षित

0 209

 

गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै बृहत स्वास्थ्य शिविरको आयोजना गरेर नागरिकहरुलाई सेवा प्रदान गरेको छ । शुक्रबार र शनिबार दुई दिन चलेको शिविरबाट विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा १ हजार ६ सय २३ जनाले सेवा लिएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ की ८५ वर्षीय अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वुटवल जान पनि भ्याउनुभएको थिएन ।
चन्द्रकोट गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरको आयोजना गरेपछि उहाँको समस्या गाउँमै समाधान भएको उहाँले बताउनुभएको छ । उमेरले पनि च्याप्दै गएका कारण उपचारमा जानका लागि समस्या भएको भन्दै समय , पैसा दुबैको बचत भएको र गाउँमै उपचार पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाई छ ।

यस्तै सोही स्थानकी नन्दकुमारी खत्रीलाई पाठेघरको समस्या, खान मन नलाग्ने र निद्धा पनि नपर्ने समस्याले सताएको थियो । उहाँको समस्या पनि सोही शिविरबाट समाधान भएको उहाँले बताउनुभयो । गाउँमै यसरी बिशेषज्ञ सहितको उपचार पाउँदा आफू जस्ता कैयौं रोगीहरुलाई राहत मिलेको उहाँको भनाई छ ।

ad


चन्द्रकोट गाउँपालिका रुपाकोटका ८० वर्षीय मनिराम ढकाललाई पनि पिसाव पोल्ने घुँडा दुख्ने जस्ता समस्याले सताएको र शिविरबाटै उपचार लिन पाउँदा ठुलो राहत मिलेको बताउनुभएको छ । गाउँमै शिविर संचालनबाट सेवा लिन पाउँदा खुसी लागेको भन्दै समय समयमा गाउँमै शिविर संचालन गर्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर२ की दीपा खरेलले वुवाको पिसाव सम्बन्धी समस्या र अन्य समस्याहरुको उपचार गाउँमै गराउन पाउँदा समय र पैसा दुवैको बचत भएको बताउनुभएको छ ।

यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्थानीय सरकार जनताको स्वास्थ्य प्रति गम्भीर रहेका भन्दै गाउँमा अझै पनि रोग पालेर बस्ने स्थानीयहरुको समस्यालाई समाधान गर्नका लागि शिविर संचालन गरेको बताउनुभयो ।

शिविरबाट सेवा लिदा नागरिकहरुलाई ठुलो राहत मिलेको उहाँको दाबी छ । सोही सेवा लिनका लागि बुटवल काठमाडौं धाउदा समय र पैसा खर्चिलो हुने भएकाले समय र पैसा दुबैको बचत भएको भन्दै न्यून आय भएका परिवारलाई ठूलो टेवा पुगेको उहाँको भनाई छ ।

शुक्रबार शनिबार दुई दिन चलेको शिविरबाट विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा एकहजार छ सय २३ जनाले सेवा लिएका छन् । जसमा एक हजार १०६ जना महिला र ५१७ जना पुरुषले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।