गुल्मीमा मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा

0 145

 

गुल्मीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक पूर्व वार्षिक समिक्षा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा सोमबार सरोकारवालाहरुको उपस्थितीमा मानव अधिकारको बिषयमा समिक्षा गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले गुल्मी जिल्लामा मानव अधिकारको बिषयमा भएगरेका सम्पूर्ण गतिविधि जानकारी गराउनुभएको थियो । उहाँले गएको एक वर्षमा गुल्मीमा शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण बिषयको अवस्था, बालबालिका, महिला, अपाङ्गको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको समग्र अवस्थालाई तथ्याङ्कसहित प्रस्तुत गर्नुभएको थियो ।

ad

इन्सेकका प्रतिनिधि अर्यालले गुल्मीमा गएको एक वर्षको अवधिमा ७ बालिका र ८ महिलाको बलात्कार भएको जसमा एक महिलाको हत्या समेत भएको जानकारी दिनुभयो । आरोपित गिरफ्तार भई पुर्पक्षका लागि कारागार समेत चलान भएका छन् ।

मानव अधिकारको दृष्ट्रिकोणले जिल्ला कारागार गुल्मी, गुल्मी अस्पताल, गुल्मीका विद्यालय तथा अन्य सार्वजनिक क्षेत्र पनि कमजोर रहेको समिक्षामा निष्कर्ष निकालिएको छ । समिक्षामा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे र मानव अधिकारकर्मी ढुण्डीराज पोखरेलले मानव अधिकारको अवस्था कमजोर रहेको बताउनुभएको छ ।

गुल्मी अस्पतालका निमित्त प्रमुख डा. उत्तम पच्या, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले मानव अधिकारको बिषयमा आफुहरुको ध्यान गएको र गर्न सक्ने तथा गर्न मिल्ने काम गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।