ईस्मा २ वडा कार्यालय भवनको शिलन्यास

0 156

 

सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नं २ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले सोमबार वडा कार्यालय भवनको शिलान्यास गरेकि हुन् ।

भ्याट बाहेक ८० लाख उन्चालीस हजार छपन्न रुपैयाँ लागतमा बन्ने दुई तले पक्की भवन २०८० बैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ ।

ad

इस्मा गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष टीका बहादुर रेस्मीले कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयले सो जग्गामा भवन निर्माण थालेको छ ।

भवन निर्माणका लागि गुल्मीकै जोग्मा विल्डर्सले ठेक्का प्राप्त गरेको छ । गाउँपालिका र जोग्मा विल्डर्स विचको सम्झौता अनुसार यहि बैशाख मसान्त सम्म भवन निर्माण गरी सक्ने र आउदो असार मसान्तबाट कार्यालयको सेवा आफ्नै भवनबाट प्रभाह गर्ने लक्ष्यका साथ काम हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन ।

गाउँपालिकाका इन्जिनियर सुशील पन्थीका अनुसार वडा कार्यालयको भवन २ तले बन्ने जसमा ५ ओटा अफिसियल कोठा, १ ओटा हल, बरण्डा सहितको कार्यालय सञ्चालन सहज हुने गरी निर्माण हुने उनले बताए ।

शिलान्यासको क्रममा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले सबै वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै सरल सहज र छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रभाह गर्न तर्फ अग्रसर हुर्नु पर्नेमा जोड दिएका थिए । अध्यक्ष खण्डकाले जग्गा उपलब्ध गराउने मनकारि पूर्व वडा अध्यक्षलाई धन्यावाद दिए ।

वडाले आफ्नै भवनबाट सेवा प्रदान गर्दा नागरिक कर्मचारी जनप्रतिनिधि सबैलाई सहज र सरल हुने भएकाले समयमा निर्माण कार्य गर्न उनले निर्माण कम्पनीलाई आग्रह गरे

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।