मालिका ५ छापहिलेमा उपभोक्ता समितिलाई प्रशिक्षण

0 105

पुस ८ गुल्मी ।

गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले उपभोक्ता समितिलाई प्रशिक्षण दिएको छ । वडा नम्बर ५ को छापहिलेमा वडा कार्यालयले वडामा विभिन्न काम गर्न गठन भएका उपभोक्त समितिलाई प्रशिक्षण दिएको हो ।

उपभोक्ता समितले पारदर्शी तरिकाले काम गर्ने, बिल भरपाइ बनाउने, अनुसुचि फारम, भुक्तानी माग लगायतका बिषयमा र उपभोक्ता समितिले त्यहाँका जनताको उपस्थितिमा काम गर्ने बिषयहरुमा प्रशिक्षण भएको वडा अध्यक्ष रेखा कुमार जिसिले बताए ।

ad

उनले वडामा हुने हरेक कामहरुमा सबै जनताले जानकारी लिन पाउँने भएकाले वडाका हरेक काम सकेर उपभोक्ता समितिले त्यहाँका उपभोक्तालाई भेला पारेर खर्च सार्वजनिक गरेर मात्र बिल भरपाइ पास गर्नुपर्ने बताए ।

वडा अध्यक्ष जिसिले वडामा गठन भएका उपभोक्ता समितिले सहि काम गरे गरेनन् भनेर अनुगमन त्यहाँका उपभोक्ताले पनि गर्नुपर्ने र गलत काम गरेको भेटिए वडामा खबर गर्न उनले आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा गाउँपालिका साहेक पाचौं गोपाल सेनले उपभोक्ता समितिले काम गर्दा माइन्ट र बिल भरपाइहरु यथार्थ बनाउँनु पर्ने बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।