गुल्मीमा उपभोक्ता हित संरक्षण मञ्चको नयाँ कार्य समिति गठन

0 145

सूर्य सुनार पौस ०८, गुल्मी
गुल्मीमा उपभोक्ता हित संरक्षण मञ्चको नयाँ कार्य समिति गठन भएको छ । शुक्रबार सदरमुकाम तम्घासमा केशर बहादुर थापाको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको हो । उपाध्यक्षमा डिल्लीराज प्रोखरेल, सचिब बलबहादुर कुँवर, सहसचिब सागिर मियाँ, कोषाध्यक्ष पवित्रा नेपाल, सदस्यहरुमा शान्ता प्रोखरेल, रिता बराल पाण्डे, पत्रकार सूर्य सुनार, शोभाखर गिरी, टामलाल के.सी र सूर्यप्रसाद घिमिरे समितिमा रहनुभएको छ ।

लुम्बिनी प्रदेशका उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तेज कुमार पाठकले प्रदेशका १२ जिल्लामा समिति गठन गरी उपभोक्ताहरुलाई ठगिन बाट जोगाउने पहिलो काम भएको बताउनुभयो । बजारमा बस्तुको बिक्री वितरण गर्दा गुणस्तरलाई ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । साथै बजार अनुगमन लगायतका कुनै काम गर्दा जिल्लाका सरोकारवाला निकाय संग समन्वय गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य क्रृषि आचार्यले स्वाच्छ, गुणस्तर र उपभोक्ताको हितमा काम गर्नुपर्ने बताउनुभएको थियो । जिल्लामा उपभोक्ताको हित हुने गरी इमानदारपूर्वक काम गर्न सके उपभोक्ता ठगिन बाट जोगिने बताउनुभयो । एकाधिकार बजार भन्दा प्रतिस्प्रधात्मक बजार उपभोक्तामा रहेको हुँदा यस तर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको थियो ।

ad

त्यस्तै नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्णा सुनारले उपभोक्ताको हितमा काम गर्न आग्रह गर्नुभयो । साथै इमानदारपूर्वक काम गर्न उहाँले निर्देशन समेत दिनुभएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशर बहादुर थापाले जिल्लामा उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । साथै उहाँले निती नियम र यसको विधान अनुसार आफूले जिल्लामा काम गर्ने बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।