सिमिचौरका २० परिवारलाई खाद्यान्न वितरण

0 101

मनोज कार्की पौस ०८ गुल्मी
अनाथ तथा अपाङ्ग बालबालिकाका लागि सहयोगार्थ कार्यक्रम अन्तरगर्त गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार गुल्मी सेवा समाज (यूएई)का उपाध्यक्ष जीवन कुवँरले वडा कार्यालयमा एक कार्यक्रमका विच अपाङ्ग र अशक्त परिवारलाई चामल,नुन ,तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजसेवी कुवँरलाई वडा कार्यालयले कदर पत्रले सम्मान गरेको छ । उपाध्यक्ष कुवँरको पहलमा गरिएको खाद्यान्न वितरण कार्यक्रमले अपाङ्ग र अशक्त परिवालाई राहात दिएको रेसुङ्गा नगरपालिका १० का वडाअध्यक्ष राम बहादुर बस्नेतले बताए । खाडीको चर्को घाममा रहेर पनि नेपालीलाई माया र सहयोगको कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको भन्दै कुवँर र गुल्मी सेवा समाज (यूएई) परिवारलाई धन्यवाद दिए ।
गुल्मी सेवा समाज (यूएई)का उपाध्यक्ष जीवन कुवँरले दुवै लगायतका देशमा संचालन गरेका विभिन्न कार्यक्रमबाट बचत रकमबाट अनाथ तथा अपाङ्ग बालबालिकाका लागि खर्चिदैँ आएका छन् ।


कार्यक्रममा वडा सदस्य झविन्द्र घिमिरे, कृष्णकुमार बस्नेत, सरिता परियार लगायत पत्रकारको उपस्थिती रहेको थियो । त्यस्तै कुवँरको पहलमा केहि दिन अघि आशा अपाङ्ग केन्द्र र उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।