रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

0 1,056

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि सेवाग्रहीलाई सहज हुने भएको छ ।

गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर सहितको सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ । गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ ।

जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको हो । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ ।
हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सम्झौता गरेका छन् । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ ।

ad

हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । यो सेवा गुल्मीमा सुरु भएपछि जिल्लासँगै छिमेकी जिल्लाका बिरामीलाई राहत पुग्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।
बिभिन्न कारणले हाडजोर्नीका हड्डी भाचिएर बाङ्गो, हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका विरामीहरुले सेवापाउने छन् । हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आबश्यक सी–आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ ।

अस्पतालका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताउनु भयो ।
हाडजोर्नी उपचारका लागि एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी–आरएमलगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण आबश्यक पर्दछ ।
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।