शुुभलक्ष्मी क्लिनिक तम्घासको बार्षिक अन्र्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

0 373

सूर्य सुनार पौष १७, गुल्मी
शुुभलक्ष्मी क्लिनिक तम्घासले तानसेन पाल्पाको समृद्धि रिसोर्टमा बार्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । शुभलक्ष्मी क्लिनिकले वर्षभर गरेका कामको प्रगति तथा आगमी दिनमा गरिने भावी योजनाको बारेमा बार्षिक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
शुभलक्ष्मी क्लिनिकले बार्षिक सम्मान कार्यक्रम अन्र्तरगत उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कर्मचारी करिष्मा सुनार र अनुशासन, समय निष्ठवान, नियमित पोशाकमा उपस्थित हुने कर्मचारी भावना श्रेष्ठलाई सम्मान गरेको हो ।


शुभलक्ष्मी क्लिनिकले जिल्लामा रहेका क्रियाशिल टेलिभिज, रेडियोहरु लाई सम्मान गरेको हो । जसमा समृद्धि रेडियोका स्टेशन म्यानेजर टोपलाल अर्याल, रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री र वि. टेलिभिजनका प्रतिनिधि सूर्य सुनारलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी औषधी व्यवसाय संघका सल्लाकार परिषद् सदस्य शेरबहादुर थापाले नेशनल प्याथ ल्याब तम्घासले स्थापना भएको छोटो समयमै नागरिकको स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको प्रति खुशी व्यक्त गर्नुभएको थियो । शुभलक्ष्मी क्लिनिकको व्यवस्थापन र कर्मचारीको साथले गर्दा आज यो प्रगति भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ad


कार्यक्रमका विशेष अतिथि नेपाल औषधी संघ गुल्मीका अध्यक्ष फशुराम पाण्डेले शुभलक्ष्मी क्लिनिकका प्रबन्धक होम बहादुर पल्लीले गरेको प्रगतिको प्रशंसा गर्दै आगमी दिनमा पनि थप रचनात्मक काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले होम बहादुर पल्लीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनको प्रशंसा गर्नुभएको थियो । मेडिकल क्षेत्रमा मात्र नभई समाजमा पल्ली गरेका कामहरु प्रशंसानिय रहेको बताउनुभयो । संस्थाले छोटो समयमै आम नागरिकको बिचमा लोकप्रियता कमाएको हुँदा स्वास्थ्यकर्मी होम बहादुर पल्लीको लागि त्यो भन्दा ठूलो सम्पत्ति केही हुन नसक्ने बताउनुभयो ।

शुभलक्ष्मी क्लिनिकका प्रबन्धक होम बहादुर पल्लीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शुभलक्ष्मी क्लिनिक आज यहाँ सम्म आउन सहयोग गर्ने कर्मचारी लगायत जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

संस्थाका कर्मचारीहरु विभिन्न विधामा सम्मान हुन पाउँदा थप काम गर्न हौसला मिलेको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा गुल्मी अस्पतालका डाक्टर प्रदीप सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।