गुल्मीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि

0 138

पछिल्लो समय गुल्मीमा आत्महत्या प्रमुख समस्याको रुपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखाएको हो । पछिल्लो तीन आर्थिक वर्षको अहिलेसम्म यस जिल्लामा २०१ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म ३६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९र०८० को हालसम्म झुण्डी आत्महत्या गर्नेको संख्या ३३ रहेको छ । भने १ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । २ जनाले हाम फाली आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको हालसम्म जबरजस्ती करणीसम्बन्धी ६, जबरजस्ती करणी उद्योगसम्बन्धी ३ र बालयौन दुरुपयोग सम्बन्धी २ वटा मुद्धा दर्ता भएका छन् । यस आर्थिक वर्षमा विभिन्न घटनामा ९५ मुद्धा दर्ता भएकोमा ३२ वटा मुद्धाको फस्र्यौट भएको छ । भने ६३ मुद्धाको फस्र्यौट हुन बाँकी रहेको रानाभाटले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८र७९ मा ७१ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डी आत्महत्या ६१ जना, चक्कु प्रहार गरी १ जना, विष सेवन गरी ८ जना र पानीमा डुबेर १ जनाले आत्महत्या गरेका रानाभाटले जानकारी दिनुभयो । सोही आर्थिक वर्षमा जबरजस्ती करणीका १६, जबरजस्ती करणी उद्योग सम्बन्धी १, बालयौनदुरुपयोग सम्बन्धी २ वटा मुद्धा दर्ता भएको छ । सोही आर्थिक वर्षमा दर्ता हुन आएका २२२ मुद्धामध्ये ६९ मुद्धाको फस्र्योट भएको देखिन्छ भने १५३ बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७७र०७८ मा ९४ आत्महत्याका घटना भएका छन् । जसमा झण्डी आत्महत्या गर्नेको संख्या ८६ रहेको छ । विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । १ जनाले झुण्डीएर आत्महत्या गरेका छन् । जसमा ४ जनालाई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धा चलाएको रानाभाटले जानकरी दिनुभयो । सोही आर्थिक वर्षमा जबरजस्ती करणी सम्बन्धी १६, जबरजस्ती करणी उद्योग सम्बन्धी ५, अप्राकृतिक मैथुनसम्बन्धी २ र बालयौनदुरुपयोग सम्बन्धी १ वटा मुद्धा दर्ता भएको रानाभाटले जानकारी दिनुभयो । सोही आर्थिक वर्षमा कुल २६० मुद्धा दर्ता भएकोमा १९५ मुद्धाको फस्र्यौ भएको देखिन्छ भने ६५ मुद्धा बाँकी रहेको छ ।
स्रोत रेडियो रेसुङ्गा गुल्मी

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।