चन्द्रकोटको दिब्रुङ्ग स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन, स्वास्थ्य सेवा लिन सहज

0 1,405

महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा आएको हो । स्थानीयस्तरमा सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ ल्यावको गाउँपालिका अध्यक्ष युवराज केसीले उद्घाटन गर्नुभएको थियो ।


गाउँपालिका मार्फत कर्मचारी व्यवस्थापन, प्रयोगशालाका लागि आवश्यक मेशिनरी र केमिकल लगायत सामान खरिदमा सहयोग प्राप्त भएपछि प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको स्वास्थ्यचौकीले जनाएको छ । हालै स्थापना गरिएको उक्त प्रयोगशालामा कोभिड सहित रगत तथा दिसापिसाब परीक्षण लगायत ३१ प्रकारका रोगको परिक्षण गर्न सकिने ल्याव असिस्टेन्ट कल्पना बिकले बताउनुभयो ।

निकै विकट मानिने द्रिबु्रङ्ग स्वाास्थ्य चौकीमा ल्याव सञ्चालनमा आए पछि नागरिकमा उत्साह छाएको छ । सानो सानो रोगको लागी टाढा जानुपर्ने बाध्यताको अन्त्य भएकोे चन्द्रकोट १ सराङ्गका स्थानिय रामप्रसाद सापकोटाले बताउनुभयो ।

ad

दिब्रुङ्ग स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनका लागि सेवा थप गरिएको बताइएको छ । औपचारिक प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज केसीले स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो धन भएको बताउनुभयो । उहाँले स्वास्थ्य अन्य विकासको पनि आधार भएको बताउँदै स्वास्थ्यका क्षेत्रमा आफू संवेदनशील रहेकाले आगामी दिनमा गाउँपालिका मार्फत थप सहयोग गरिने बतानुभयो ।

गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई ख्याल राख्दै निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको र त्यसबाट हजारौं जनता लाभान्वित भएकोे उल्लेख गर्नुभयो । उहाँले ल्याव स्थापना गर्नु मात्र ठुलो कुरा नभई दिर्घकालिन सञ्चालनमा ध्यान दिने बताउनुभयो । विभिन्न किसिमका रोगहरु परिक्षण पछि मात्र थाहा हुने हुदाँ पनि अब नागरिकलाई सानो सानो रोग लाग्दा टाढा जानु पर्ने बाध्यता हटेको दाबी गर्नुभयो । ल्याव संचालनका लागी पूर्व सामाजिक विकाश मन्त्री सुदर्शन बरालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले ठाउँ अभावका कारण समय मै ल्याव संचालनमा ल्याउन नसकिएको बताउनुभयो ।

धेरै नै विकट मानिने दिब्रुङ्ग स्वास्थ्य चौकीमा ल्याव स्थापना भई पछि यहाँका धेरै नागरिकलाई सहज हुने गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीको दाबी छ । उहाँले आगामी दिनमा पनि पालिकाले आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्धता ब्यक्त गर्नुभयो । दुर्गम ठाउँका नगरिकले समेत सहज स्वास्थ्य सेवा पाउन भनेर नै प्रयोगशालाको स्थापना गरिएको बताउनुभयो ।


चन्द्रकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता घनश्याम खरेलले उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्यंमसेविकाको भूमिका पनि महत्वणूर्ण रहेको बताउनुभयो । उहाँले दिब्रुङ्ग स्वास्थ्य चौकीमा गर्व गर्न सक्ने जनशक्ति रहेको दाबी समेत गर्नुभएको छ । हालसम्म उहाँहरुले गरेको कार्यको प्रशंसा गदै आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै स्वास्थ शाखा प्रमुख प्रकाश शर्माले स्वास्थचौकीमा न्युनतम मुल्यमा सेवा प्रदान गरेको बताउनुभयो । उहाँले निजिमा भन्दा सरकारी स्वास्थ्य सस्था बिस्वासिलो बन्दै गएको बताउनुभयो  ।

समारोह कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णप्रसाद भण्डारी, गाउँपालिकाका प्रवक्ता एंव वडाध्यक्ष घनश्याम खरेल, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, वडासदस्यहरु राज्ु बलाल, गोपाल अर्याल, लक्ष्मी अर्याल, मिना बिक, रामबहादुर बलाल लगायत बिभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो । प्रयोगशाला उद्घाटन कार्यक्रमको संचालन स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. गोमा सेजवालले गर्नुभएको थियो ।

प्रयोगशाला औपचारिक शुभारम्भको अवसरमा निःशुल्क रुपमा सम्बन्धित बिरामीको परिक्षण गरिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो । बिहिबार शुभारम्भको दिन कुल ५६ जनाको ल्यावमा परिक्षण गरिएको स्वास्थ्य चौकीमा कार्यरत अनमी बिष्णु पौडेलले बताउनुभयो ।


कार्यालय सहयोगी सहित कुल ८ जना कर्मचारीहरु कार्यरत रहेको दिब्रुङ्ग स्वास्थ्यचौकीमा दैनिक ३० देखि ४० जना बिरामीहरु आउने गरेका छन् । स्वास्थ्यचौकीमा २४ सै घण्टा प्रसुती सेवा उपलब्ध रहेको दिब्रुङ्ग स्वास्थ्य चौकी प्रमुख सीता अर्याल शर्माले जानकारी दिनुभयो । आगामी दिनमा स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई थप सहज हुने गरी कार्य गर्ने उहाँको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।