पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते

0 124

पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं। ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्सानेगाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं। ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी (ढोरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।