सहकारीले रोजगारीको वातावरण सिर्जना गरेको छ, लुम्बिनी प्रदेश सासंद भुसाल

0 343

लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले पछिल्लो समय सहकारीको माध्यमबाट रोजगारीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा उज्यालो बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारण सभा कार्यक्रममा बोल्दै विदेश जाने युवाहरुलाई सहकारीको माध्यमबाट गाउँघर मै रोजगारीको अवसरहरु खुलेको हुँदा सहकारीले रोजगारको वातावरण सिर्जना गरेको बताउनुभएको हो ।

धेरै युवाहरुले बैङ्कबाट कर्जा लिएर विदेश जाने गरेको समयमा सहकारीले गाउँघरमा युवाहरुलाई कृषि कर्म तर्फ आकर्षण गरेको बताउनुभयो । सहकारीले जनतालाई प्रत्यक्ष रुपमा सहज र सजिलो माध्यमद्धारा कर्जा उपलध्ध गराउने हुँदा कुनै काम गर्दा जनतालाई सहज भएको बताउनुभएको थियो । उज्यालो बहुउदेश्य सहकारी संस्था स्थापना भएको छोटो समयमै राम्रो प्रगति गरेको प्रति लुम्बिनी प्रदेश सासंद भुसालले थप सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

गुल्मी जिल्लाको विकासको निम्ती गर्नुपर्ने काममा आफुले कुनै कसुर नराखि काम गर्ने बताउनुभएको छ । जनताको मतको सम्मान गर्दै गुल्मी जिल्लालाई आगमी ५ वर्षको कार्यकालमा नमुना विकास गर्ने गरी काम गर्ने बताउनुभयो । साथै लम्बिनी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुँदा मुख्यमन्त्री एमालेबाटै हुने दाबी गर्नुभयो ।

ad

कार्यक्रममा उज्यालो बहुउदेश्य सहकारी संस्थाका सल्लाकार संयोजक हिरा एसी, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, कृषि ज्ञान केन्द्रका प्रतिनिधि लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उज्यालो बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सन्जिवनी अर्यालले कोषाध्यक्षको प्रतिवेदन र भगवती श्रीसले लेखासुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्त्वय संस्थाका उपाध्यक्ष सूर्यप्रसाद घिमिरे राख्नुभएको कार्यक्रमको संचालन सचिब धनश्याम खरेलले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।