मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा सम्पन्न

0 161

सूर्य सुनार पौष २३, गुल्मी
मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा निर्णय प्रमाणित गर्ने सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको मैत्री उदेश्य सहकारी संस्थाको आफ्नै भवनमा कार्यक्रम गरि सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले पानसमा दीप प्रज्वलन गरि उद्धघाटन गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले मैत्री बहुउदेश्यीय सहकारी संस्थाले नागरिकको जिवनशैलीमा परिर्वतन ल्याउने गरी सहकारीको माध्यमबाट धेरै काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । जिल्लामा धेरै सहकारी स्थापना भए पनि नागरिकले विश्वास र राम्रो सेवा यही मैत्री बहुउदेश्यीय सहकारी संस्थाबाट पाएको बताउनुभयो । यो संस्थामा अनुसाशित, समय निष्ठवान व्यवस्थापन समिति रहेको हुँदा आज यो संस्थाले धेरै फड्को मारेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले मैत्री बहुउदेश्यीय सहकारी संस्थाको नाम जस्तै काम गर्न शुभकामना दिनुभएको थियो । संस्थाले पहिले देखी नै राम्रो काम गर्दै आएको हुँदा अझै उदारणीय काम गर्न शुभकामना दिनुभएको थियो ।

ad

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले २१ औँ साधारण सभा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै अन्य सहकारीहरुले भन्दा फरक र देख्ने गरी काम गर्न सुझाव दिनुभएको थियो । पछिल्लो समय वित्तिय संस्थाबाट कर्जा लिने, विभिन्न फजुल खर्च गर्ने जस्ता क्रियाकलापहरु समाजमा समस्याको रुपमा देखा परेको हुँदा कर्जाको सही सदुपयोग गर्न अर्यालले आग्रह गर्नुभएको थियो ।

मैत्री बहुउदेश्यीय सहकारी संस्थाले गुल्मी, अर्धाखाँची र रुपन्देही जिल्लामा शाखा विस्तार गरेको छ । यस संस्थाको सदस्य अहिले सम्म १४ हजार भन्दा बढी रहेका छन् । संस्थाले शेयरधनी बाट करिब ९ करोड १६ लाख रहेको संस्थामा कारोबार झन्डै ५९ करोड गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।