रेसुङ्गा विमानस्थलमा १६ बर्ष पछि तारा एअरको विमानको सफल

0 158

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो ।

२०६३ मा शिलान्यास भई २०७१ सालदेखि निर्माण शुरु भएको विमानस्थल १६ वर्षपछि २०७९ मा सम्पन्न भएको हो । ३३ करोड लगानीमा सम्पन्न भएको सो विमानस्थलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ पुग्न ४५ मिनेटको समय लाग्छ । प्रर्दशन उडानको काम सकिएकाले अब नियमित उडानको काम हुने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
रेसुङ्गा विमानस्थलबाट गुल्मी लगायत छिमेकी जिल्ला अर्धाखाँची, प्यूठान, वाग्लुङ्ग र पाल्पाका यात्रुहरुले सेवा लिनेछन् ।

गुल्मी देखी राजधानी जाने समय १४ घण्टाबाट छोटिएर ४५ मिनेट हुने भएपछि स्थानीयले छिटो नियमित संचालनको आशा राखेका छन् । प्रदर्शन उडानमा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवाली, राम कुमारी झाँक्री माननीय चन्द्र भण्डारी लगायत जिल्ला आएका थिए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।