गुल्मी प्रशासनले टाइम कार्ड लागू गरेसंगै नागरिकलाई सहज

0 186

सूर्य सुनार पौष २८, गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ । कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।

गुल्मी जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहजता ल्याउनका लागि टाइम कार्ड लागु गरेपछि सेवाग्रहीलाई सहजता भएको छ । प्रशासन कार्यलयबाट हुने सेवा अन्तर्गत राहदानी वितरण, संघसंस्था नवीकरण, नाबालक परिचयपत्र, नयाँ नागरिकता, पेन्सेनरको सिफारिस सम्बन्धी र राहदानी आवेदनमा टाइम कार्ड लागु गरिएको छ । टाइम कार्ड सेवा लागु भएपछि नागरिकलाई सहज हुने आशा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले टाइम कार्ड लागु गरेपछि सेवाग्राहीलाई सहज र समयको बचत भएको सेवाग्रहीको भनाई छ । टाइम कार्ड लागु भएपछि आफ्नो पालो नआउन्जेलसम्म अन्य काम गर्न सकिने हुँदा सेवाग्राहीलाई सहज भएको छ ।

ad

प्रशासन कार्यालयमा दिनमा ७० देखी ८० सम्म राहादानी बन्ने गरेका छन् । टाइम कार्ड लागुभए पनि प्रशासनले साँझसम्म सेवा दिने गरेको छ ।
टाइम कार्ड लागु भएपछि नागरिकलाई सहज र समयको समेत बचत भएको छ । जिल्ला प्रशासन कार्यालयमा मात्र नभई जिल्लाका भिड् हुने अन्य सरकारी कार्यालयमा पनि यो सेवा लागु गर्नु पर्ने देखिन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।