चन्द्रकोट गाउँपालिकामा गाउँसभाको दोस्रो अधिवेशन सुरु

0 974

पौष २९, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँ सभाको दोस्रो अधिवेशन सुरु गरेको छ । बिहिबार पहिलो बैठक बसेर दोस्रो अधिवेशनको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

चन्द्रकोट गाउँपालिकाको सभाहल शान्तिपुरमा बिहिबार गाउँ सभाको दोस्रो अधिवेशन अन्तर्गत पहिलो बैठक गरिएको छ । गाउँपालिकाका अध्यक्ष युवराज केसी सभाध्यक्ष, उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, प्रमुखको प्रशासकीय अधिृकत बिष्णु प्रसाद भुसाल सचिवको भुमिकामा रहँदै गाउँसभा सदस्यहरुको उपस्थितीमा बैठक गरिएको हो ।

ad

पहिलो बैठकमा १३ वटा कार्यसुचीमा छलफल गरिएको छ । गाउँपालिकाका अध्यक्ष युवराज केसीको शुभकामना मनतब्यबाट सुरु भएको गाउँसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा गाउँसभामा सहभागी राजनीतिक दलको तर्फबाट प्रतिनिधिमूलक रुपमा शुभकामना मन्त्ब्य राखिएको थियो ।

गाउँ सभाबाट चार वटा विधेयक सर्वसम्मत विधायक समितिमा पठाइएको छ । चन्द्रकोट गाउँपालिका खेलकुद विकास विधेयक–२०७९, बिपद् न्यूनीकरण तथा व्यवस्थापन विधेयक–२०७९, साझेदारी कार्यक्रम संचालन विधेयक–२०७९ र नगर प्रहरी सम्बन्धि विधेयक–२०७९ सर्वसम्मत विधायक समितिमा पठाइएको छ ।

जस अन्तर्गत गाउँ सभा सदस्य फडिन्द्रराज अर्यालले खेलकुद विकास विधेयक, पृथ बहादुर कार्कीले बिपद् न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बल बहादुर बस्नेतले साझेदारी कार्यक्रम संचालन विधेयक र बिष्णुमाया सापकोटाले नगर प्रहरी सम्बन्धि विधेयक सभामा पेश गर्नुभएको थियो । उक्त विधेयकहरु छलफलका लागि सर्वसम्मत विधायक समितिमा पठाइएको गाउँसभाका सभाध्यक्ष गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

गाउँसभामा बिषयगत प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसअन्तर्गत न्यायिक समितिका संयोजक गाउँपलिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले न्यायिक समितिको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।

गाउँसभाको पहिलो दोस्रो अधिवेशनको अर्को बैठक आगामी माघ ४ गते बुधबार बस्ने गरि गाउँ सभा स्थगित गरिएको गाउँसभाका सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।