गुल्मीमा सुकुम्वासीलाई निस्सा वितरण थालियो

0 213

 

गुल्मी । गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्लासमिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई शुक्रबार निस्सा प्रदान गरेको हो ।

ad

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने क्रममा पहिलो प्रमाणका लागि निस्सा प्रदानगरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए ।

उनका अनुसार निस्सा पाएकालाभग्राहीको अब जग्गा नाप जाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुन्छ । उक्त लाभग्राहीको यसअघि लगत सङ्कलनगरिएको थियो ।

रुरु क्षेत्र गाउँपालिकाको केन्द्र बलेटक्सार लाभग्राहीलाई निस्सा प्रदान गर्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जग्गाविहिनलाई जग्गा मालिक बनाउन लागिएको बताए ।

‘गुल्मीमा हामीले लालपूर्जा वितरणको लागि तीव्र रुपमा कामगरेका छौँ’, ठकुरीले भने, ‘पहिलो चरणको काम सुरु गरेर प्रमाण दिएका छौँ ।’ उनका अनुसार गुल्मीका चार पालिकामा पनि लगत्तैनिस्सा प्रदान गरिँदैछ । जिल्लाको मुसिकोट नगरपालिका, धुर्कोट, चन्द्रकोट र मदाने गाउँपालिकाका लाभग्राहीलाई निस्सा प्रदान गर्नेतयारी छ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीसँगको निरन्तर सहजीकरणले निस्सा प्राप्त गर्नसकिएको बताए । ‘निस्सा प्रदानले जग्गा विहिनलाई राहत महसुस भएको छ’, अध्यक्ष ज्ञवालीले भने, ‘लालपूर्जा प्राप्ति गर्न साझाढङ्गले काम गर्छौ ।’

गुल्मीमा दुई हजार एक सय ४७ घर परिवारको लगत सङ्कलन गरिएको छ । उनीहरुले पहिलो चरणमा निस्सापाएपछि लालपूर्जा पाउने छन् । लालपूर्जा पाउने भएपछि लाभग्राही उत्साहित देखिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।